Rule 133
किरिया बिदा
: कुनै सशस्त्र प्रहरी कर्मचारीले कुल धर्म अनुसार आफैं किरिया बस्नु परेमा पूरा तलब भत्ता र रासन सहितको पन्ध्र दिन किरिया बिदा पाउनेछ । महिला सशस्त्र प्रहरी कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई पनि पूरा तलब भत्ता र रासन सहितको त्यति नै दिन किरिया बिदा दिईनेछ ।